You are viewing the translated version of बहसको क्रम र इजलासको मर्यादा.
Section 48
बहसको क्रम र इजलासको मर्यादा
(१) बहस गर्दा सुरूमा निवेदक वादी वा पुनरावेदकका तर्फबाट र त्यसपछि प्रतिवादी वा प्रत्यर्थीको तर्फबाट उपस्थित कानून व्यवसायीले गर्नेछ। प्रतिवादी वा प्रत्यर्थीका तर्फबाट बहसमा कुनै नयाँ विषय उठाइएमा इजलासले वादी वा पुनरावेदकको तर्फबाट उपस्थित कानून व्यवसायीलाई जवाफी बहस गर्न अनुमति दिन सक्नेछ।
(२) कुनै मुद्दामा बहसका लागि अदालतको सहयोगी (एमिकस क्युरी) समेत उपस्थित रहेछ भने निजले वादी प्रतिवादीको तर्फबाट उपस्थित कानून व्यवसायीको बहस समाप्त भएपछि बहस गर्नेछ।
(३) कानून व्यवसायी इजलासमा प्रवेश गर्दा, इजलास कक्षमा रहँदा, बहस पैरवी गर्दा वा इजलास कक्षबाट बाहिर निस्कँदा इजलासको मर्यादा कायम गर्नु पर्नेछ।